www.tandavnews.com
Fact ~ In search of truth

छलफल सकेर एमसिसीको टोली आज राति फर्कँदै

ताण्डव

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसिसी’ को टोलीले एमसिसी परियोजनाको बारेमा शीर्ष तहको छलफल सकेको छ । छलफल र संवाद सकेर एमसिसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ ।

३ दिनको यसबीचको समयमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसिसीका उपाध्यक्ष सुमारको टोलीले एमसिसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसिसीको बारेमा निर्णय गर्ने निचोडमा पुग्ने उनको सचिवालयले जनाएको छ ।

Batas

उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुंगो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसिसीबारे राजनीतिक स्तरमा छलफल भइरहेको जानकारी गराएका थिए । पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, अर्थविद् डा. दिपेन्द्रबहादुर क्षेत्रीले एमसिसीका केही प्रावधानका बारेमा हतारमा निणर्य लिन नहुने बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसिसी परियोजनाका प्रावधान संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको संशोधनसहित एमसिसीलाई अगाडि बढाउने सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । स्थायी समितिको हिजोको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले एमसिसीका प्रावधानको पुनः व्याख्या गर्नुपर्ने सर्त राख्ने बैठकबाट निष्कर्ष निकालिएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने अमेरिकाले एमसिसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने धारणा राखेका छन् । बाँकेको नेपालगन्जमा हिजो भएको एक कार्यक्रममा अध्यक्ष नेपालले सुरुमा एमसिसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गरेपछि मात्रै यसको प्रक्रिया अगाडी बढाउन सकिने बताएका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.