www.tandavnews.com
Fact ~ In search of truth

चीनसँगको सीमा विवाद बारे अध्ययन गर्न विज्ञ टोली हुम्लामा

ताण्डव

उत्तरी सीमा क्षेत्र हुम्ला खण्डमा पर्ने सीमास्तम्भको बारेमा अध्ययन गर्न सरकारले गठन गरेको विज्ञसहितको लाप्चा, लिमी लगायत क्षेत्रको अवलोकनका लागि प्रस्थान गरेको छ । आज बिहान त्यसतर्फ गएको टोलीले सीमास्तम्भ अवलोकन र स्थानीयबासीसँग छलफल गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ताण्डवलाई जानकारी दिए ।

समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ । चीनसँगको भएको भनिएको सीमा समस्याका बारेमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा सरकारले अध्ययन टोली गएको थियो । अध्ययन टोली नेपालगञ्ज हुँदै हिजो सीमकोट पुगेर हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छुट्टाछुट्टै छलफल गरेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । २ देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेको भन्दै हुम्लामा विरोध हुँदै आएको छ । यद्यपी चीनसँग सीमा विवाद नभएको भन्दै कतिपय राजनीतिक दल र सरोकारवाला निकायले पनि सरकारको आलोचना गर्दै आएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.