www.tandavnews.com
Fact ~ In search of truth

रोटरी क्लब अफ पोखराद्धारा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

ताण्डव
रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ ।

क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको रोटरीले यसअघि पोखरा– १७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिए ।

उनका अनुसार क्लबको रु ८ लाख सहयोगमा मुटुरोग उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । यसैगरी महिलाका सहभागितामा रु १० लाख मास्क उत्पादन गरी कास्कीका विद्यालयलाई निःशुल्क वितरण गर्ने लक्ष्य रहेको बताइएको छ । क्लबले स्तन क्यान्सरका बिरामीका उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

Batas

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१७ एकार्इ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बाँस्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.