www.tandavnews.com
Fact ~ In search of truth

लमजुङः १ वर्षको अवधिमा ९ सय ७० घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा ९ सय ७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्मको १ वर्षको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए ।

जिल्लामा नयाँ घरेलु उद्योग दर्ता गर्नेमा वृद्धि हुन थालेको छ, अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३ सय१ नयाँ घरेलु उद्योग बढी रहेको उनले जानकारी दिए । त्यस्तै आव २०७७/२०७८ को साउनदेखि असारसम्मको १ वर्षको अवधिमा ३ सय ६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६ सय ४० नयाँ दर्ता भएका छन् । त्यस्तै ५ सय ५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ । आव २०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६ सय ६९ नयाँ घरेलु उद्योग दर्ता भएका प्रमुख भुषालले बताए ।

यस अवधिमा २ सय ३७ घरेलु उद्योग नवीकरण भएका थिए । त्यस्तै वाणिज्यतर्फ ७ सय ६२ नयाँ दर्ता भएका छन् भने २ सय ३० नवीकरण गरिएका छन् । आव २०७५/७६ मा जम्मा ४ सय ६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै यस चालू आवका ४ महिनाको अवधिमा ८७ घरेलु उद्योग नवीरण भएका कार्यालय प्रमुख भुषालले जानकारी दिए । उनका अनुसार वाणिज्यतर्फ ६ सय २९ दर्ता भएका छन् भने नवीकरण १ सय ५७ भएका छन् । आव २०७५/७६ मा उद्योग नवीकरण २ सय ७० गरिएको कार्यालयले जनाएको छ ।

Batas

कार्यालयका अनुसार वाणिज्यतर्फ ४ सय १४ दर्ता गरिएका थिए भने नवीकरण ४ सय ५८ गरिएको थियो । त्यस्तै आव २०७४÷७५ मा २ सय ६७ नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै १ सय ६४ उद्योग नवीकरण भएको कार्यालयले जनाएको छ । वाणिज्यतर्फ २ सय १० नयाँ फर्म दर्ता भएका थिए भने २ सय ६४ को नवीकरण गरिएको थियो । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको कार्यालय प्रमुख भुषालको भनाइ छ । उनका अनुसार जिल्लाका बेंसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फर्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा विसं २०४४/४५ देखि हालसम्म ४ हजार ७ सय ४८ घरेलु उद्योग दर्ता भएका छन् । ४ हजार ६ सय ६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले जनाएको छ । विसं २०४४/४५ देखि हालसम्म ४ अर्ब भन्दा बढी पुँजी लगानी भएको कार्यालय प्रमुख भुषालले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.