www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्की कार्यसम्पादनमा उत्कृष्ट भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरुबिच भएको मुल्यांकनमा अधिकतम अंक हासील गरी कास्की प्रहरी उत्कृष्ट भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख तथा डिआइजी दिवेश लोहनीले आइतबार उत्कृष्ट भएको सम्मानस्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी रमेश थापालाई प्रशंसा पत्र प्रदान गरे । कार्य सम्पादन सम्झौताबमोजिमको वार्षिक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट बन्न सफल भएको हो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.