www.tandavnews.com
Fact ~ In search of truth

जिप दुर्घटनामा १ को मृत्यु, ९ घाइते

ओखलढुंगा

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ९ जना घाइते भएको उनको भनाइ छ । घाइते हुनेमा २ महिला, ४ नाबालक र चालकसहितका अन्य पुरुष छन् ।

Batas

दुर्घटनाका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए । दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.