www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी काेराेनाः अन्य जिल्लामा संक्रमितको संख्या घट्दै, हिमालपारी भने बढ्न थाले

ताण्डव
एक सातादेखि यहाँ कोरोनाका सक्रिय संक्रमित २ सय तलको अंकमा सीमित छन् । केही साताअघिदेखि मनाङमुस्ताङमा नयाँ संक्रमितको संख्या स्थिर रहेको बेला आज दुवै जिल्लामा संक्रमित बढेको हो । साथै बागलुङका २ वडा बाहेकका सबै वडालाई ग्रिन जोनमा छन् । बागलुङमा संक्रमण दर घट्दै गएपछि अहिले निषेधाज्ञा हटेको छ ।

स्वास्थ्य निर्देशनालयका कार्यालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार १ सय २४ जनाको कोभिड–१९ परीक्षणमा थप १ सय ९२ संक्रमित थपिएको छ । आज नवलपुर, पर्वत र म्याग्दीमा संक्रमितको संख्या शून्य रहेको छ ।

स्वास्थ्य निर्देशनालयनुसार आज कास्कीमा १ सय २८, स्याङ्जा ८, तनहुँ १४, लमजुङ ३, म्याग्दी १, मनाङ १७ र मुस्ताङ २० जना संक्रिय संक्रमित रहेको छ । गण्डकी प्रदेशमा आज पर्वतका १ जनाको कोभिडबाट ज्यान गएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः संक्रमण फैलन सक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.