www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा उच्च अंकको बृद्धि, ९ कम्पनीको सेयरमा सर्किट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुगेको छ । कूल २ सय ३१ कम्पनीको १ करोड ७१ लाख ३ सय ३३ कित्ता सेयर रु ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७२.५२, जलविद्युत् २१३.५४, वित्त ११४.९७, निर्जीवन बिमा ४२४.७७, उत्पादन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५, जीवन बिमा २९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख ८ हजार ६ सय ८५ बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २ सय २९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २ सय ३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २ सय २३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १ सय ७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Batas

९ कम्पनीका सेयरमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भयो ।

यस्तै, सिटजन म्युचुअल फण्ड ३.५८, रैराङ हाइड्रोपावर २.२४, एनआइसि एशिया ग्रोथ फण्ड २.०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, एनआइसी एशिया फण्डका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८ सय ५८ बराबर पुगेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.