www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अवार्ड २०७८ः देशभरका कलाकारका लागि नोमिनेसन फारम खुल्ला

ताण्डव न्युज

पुष्पाञ्जली स्टुडियोको आयोजनामा ‘गण्डकी अवार्ड २०७८’ हुने भएको छ । नेपाली कला र संस्कृतिक क्षेत्रलाई थप क्रियाशील र ऊर्जाशील बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अवार्ड सोमा लोक, आधुनिक, पप, भाषा, मौलिक गीत आदि गरेर ३९ विधामा अवार्ड वितरण गरिनेछ ।

आगामी असोज ५ गतेसम्म नोमिनेसन खुल्ला रहने आयोजकले बताएको छ । अडियो क्याटागोरीमा सर्वोत्कृष्ट लोकगीत, सर्वोत्कृष्ट लोकदोहोरी गीत, सर्वोत्कृष्ट लोक गायक, सर्वोत्कृष्ट लोक गायिका, सर्वोत्कृष्ट नव लोकगायक, सर्वोत्कृष्ट नव लोक गायिका, सर्वोत्कृष्ट लोकदोहोरी गायक, सर्वोत्कृष्ट लोकदोहोरी गायिका, सर्वोत्कृष्ट लोकगीत रचना, सर्वोत्कृष्ट लोकगीत संगीत, सर्वोत्कृष्ट एजेन्जर लोकगीत, सर्वोत्कृष्ट ध्वनि मुद्रण लोकगीत रहेका छन् ।

Batas

त्यस्तै अडियो क्याटागोरीतर्फ नै सर्वोत्कृष्ट सुगम गीत, सर्वोत्कृष्ट सुगम गायक, सर्वोत्कृष्ट सुगम गायिका, सर्वोत्कृष्ट सुगम गीत रचना, सर्वोत्कृष्ट सुगम संगीत, सर्वोत्कृष्ट सुगम गीत एरेन्ज, सर्वोत्कृष्ट सुगम गीत ध्वनि मुद्रण, सर्वोत्कृष्ट पप गीत, सर्वोत्कृष्ट पप स्वर ‘पुरुष’, सर्वोत्कृष्ट पप स्वर ‘महिला’, सर्वोत्कृष्ट रचना पप, सर्वोत्कृष्ट संगीत पप, सर्वोत्कृष्ट भजन, सर्वोत्कृष्ट भजन रचना, सर्वोत्कृष्ट चाडबाड गीत, सर्वोत्कृष्ट भाषाभाषी गीत, सर्वोत्कृष्ट राष्ट्रिय गीत, पब्लिक च्वाइस अवार्ड, सर्वोत्कृष्ट ¥याप गीत र सर्वोत्कृष्ट म्युजिक ब्यान्ड क्याटागोरी समेत रहने छन् ।

यसै गरी भिडियोतर्फ सबै खाले म्युजिक भिडियोमार्फत सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकन, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल ‘महिला’, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल ‘पुरुष’, सर्वोत्कृष्ट मौलिक गीत र सर्वोत्कृष्ट नौमति बाजा गीतको भिडियोलाई अवार्ड प्रदान गरिनेछ ।

नोमिनेसनमा परेका मध्येबाट जुरी निर्णायकको निर्णयको आधारमा उत्कृष्ट ५ छनोट गरेर मनोनयन सार्वजनिक गरिनेछ । यसरी छानिने प्रतिस्पर्धी मध्ये भोटिङबाट ५० प्रतिशत र जुरीको ५० प्रतिशतको आधारमा अवार्ड विजेता छनोट गरिनेछ । अवार्ड वितरण असोज २१ गते गरिने आयोजकले जनाएको छ ।

देशका जुनसुकै ठाउँका कलाकारले अवार्ड कार्यक्रमका लागि नोमिनेसन फाराम भर्न पाउने आयोजकको भनाइ छ । केही वर्ष अगाडिका गीतसमेतले नोमिनेससन फाराम भर्न सक्ने छन् भने अर्को वर्षबाट १ वर्ष भित्रका गीतले मात्र सहभागिता जनाउन पाउने आयोजकले बताएाके छ ।

अवार्डका लागि नोमिनेसनको फाराम चिप्लेढुंगा- लेखनाथ सामुदायिक सहकारी, दरबारथोक विज्ञापन एजेन्सी, न्युरोड- सुपा देउराली होटल, खरेल मोबाइल- महेन्द्रपुल र पल्स स्टुडियो गैह्रापाटनमा प्राप्त गर्न सकिनेछ । यसैगरी प्रभु पे एप्समार्फत अनलाइन नोमिनेसन दर्तासमेत गर्न सकिने आयोजक टिमले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.