www.tandavnews.com
Fact ~ In search of truth

५ दिनदेखि सिमकोट अन्धकारमा

सिमकोट

हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा ५ दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनुपरेको छ ।

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युत्बाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ ।

Batas

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोला सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ ।

सिमकोटमा रहेका २ सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ । सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफएमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नुपरेको छ । दैनिक १० घन्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको रेडियो कर्णाली आवाजका निमित्त इस्टेसन इन्चार्ज सुरेश परियारले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.