www.tandavnews.com
Fact ~ In search of truth

रिजन १६ अन्तर्गतका ८ वटा लायन्स क्लबको संयुक्त पदस्थापन

ताण्डव न्युज

लायन्स क्लबको रिजन १६ अन्तर्गतका ८ वटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम आईतबार साँझ पोखरामा सम्पन्न भएको छ ।
लायन वर्ष २०२१/२२ का नव निर्वाचित कार्यसमितिको पदस्थापन गरिएको रिजन १६ का चियरपर्शन लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

Batas

लायन्स क्लब अफ पोखरा फिष्टेल सिटी, माउण्ट फिष्टेल सिटी, ग्रिन फिष्टेल सिटी, क्लिन फिष्टेल सिटी, लायन्स क्लब अफ पोखरा डाउनटाउन, हेल्पफूल ह्याण्ड्स, डेष्टिनेसन र लायन्स क्लब अफ पोखरा आँखिझ्यालको संयुक्त पदस्थापन गरिएको हो । ८ वटै क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुलाई प्रमुख अतिथि एवं डिष्ट्रक गभर्नर विशेश्वर प्रसाद आचार्यले पदस्थापन गराए ।

सो क्रममा गभर्नर आचार्यले लायन्सले अहिलेको विषम परिस्थितिमा पनि समाजमा रहेका विपन्नहरुको सेवामा आफूलाई खटाउन सक्नुपर्ने बताए । उनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको भूमिकाबारे बताउँदै अन्र्तराष्ट्रिय छवि उचो हुने गरी काम गर्न निर्देशनसमेत दिएको तिमिल्सनाले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.