www.tandavnews.com
Fact ~ In search of truth

हल्ट प्राईजका लागि पोखरा विश्वविद्यालयको समूह र विषय घोषणा सम्पन्न

ताण्डव न्यूज

अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार रहेको हल्ट प्राइज अन्तर्गतको हल्ट प्राईज एट पोखरा विश्वविद्यालयको २०२१/२०२२ संस्करणको समूह र विषय घोषणा कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुमा अन्तरनिहित नविनतम सोंचलाई उजागर र मार्गनिर्देश गरी उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । हरेक वर्ष विभिन्न विधाहरुमा उद्यमशिल परियोजनाहरुको चुनौती प्रतियोगिताको रुपमा सञ्चालन हुने उक्त कार्यक्रममा यस वर्ष हल्ट प्राईज फाउन्डेसनले २०२४ साल भित्र २ हजार जनालाई रोजगारी प्रदान गर्नका लागि चुनौती सार्वजनिक गरेको हल्ट प्राईज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक प्रशान्त भुषालले बताए ।

Batas

यस चुनौतीको आधारमा विद्यार्थीहरुले आफ्नो व्यापारिक योजना प्रस्तुत गर्ने उनले बताए । आफ्नै क्याम्पसबाट सुरु हुने उक्त प्रतियोगिताका विजयीहरु रिजनल समिटमा प्रतिस्पर्धा गर्ने छन् । त्यहाँबाट छनौट भएको टोली ग्लोबल एक्सेरेलेसनबाट गाला एण्ड अवार्ड सेरेमनी गरी ४ वटा चरणमा विजयी हुनेछन् । यस अन्तरार्ष्ट्रियस्तरको कार्यक्रममा विजयी टोलीले १ मिलियल डलरको ग्लोबल स्टार्टअप पुरस्कार प्राप्त गर्नेछन् ।

१ सय २० भन्दा बढी देशका ३ हजारभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसहरु आवद्ध हल्ट प्राईज फाउन्डेसनको परिकल्पनाकार पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन लगायतका विश्व प्रसिद्ध व्यक्तित्वहरु हुन् । सन् २०१७ मा स्थापित हल्ट प्राइज पोखरा विश्वविद्यालयलाई यस वर्ष भने वर्ष २०/२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्नेछन् ।

उक्त कार्यक्रममा उनले २१ सदस्यीय आयोजना कमिटी घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै हल्ट प्राईज नेपालका कम्युनिटी बिल्डर आषिश लामिछानेले स्थापना भएको ४ वर्ष बितिसक्दा सयौंको संख्यामा व्यापारिक पारीयोजनाहरु प्रस्तुत भईसक्दा पनी थोरैले मात्र आफूलाई बजारमा स्थापित गर्न सकेको बताए ।

यस वर्ष धेरै भन्दा धेरै योजनालाई मूर्त रुप दिनु नै हाम्रो प्रमुख उद्देश्य रहने उनले जनाए । यसै गरी विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुदृढ ढंगले हल्ट प्राइज फाउन्डेसनद्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापूर्वक सम्पन्न गर्ने आयोजकको प्रतिवद्धता रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.