www.tandavnews.com
Fact ~ In search of truth

फुटसल लिगः क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

ताण्डव न्युज

नेसनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रंगशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धी सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए ।

उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजारसमेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो’, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक कार्यक्रमहरुमा सहकार्य निरन्तर गर्नेछौ ।’

Batas

पोखरा महानगरपालिका १ स्थित शिक्षा कार्यालयको पारिपट्टिरहेको दीप अस्पतालमा २४ सैं घण्टा आकष्मिक सेवा समेत सञ्चालन हुँदै आएको छ । गुरुङका अनुसार आकष्मिक सेवासँगै भिडियो एक्सरे, एक्सरे, ईसिजी, ओपिडी र ल्याबको व्यवस्था रहेको छ ।

ईन्स्युरेन्स पार्टनरमा ‘सगरमाथा’

सगरमाथा ईन्स्युरेन्स कम्पनी प्रालिले क्यासलका खेलाडीहरुलाई लिग अवधिभरका लागि जनही १ लाख बराबरको स्वास्थ्य विमाको व्यवस्था गरेको न्युरोड शाखा प्रमुख राजेश केसीले बताए । उनका अनुसार खेलका अवधिमा कुनै पनि क्यासलका खेलाडी घाईते भएमा उपचारका लागि सगरमाथा विमा कम्पनीले व्होर्नेछ ।

यसअघि क्यासललाई पोखराकै प्रतिष्ठित व्यपारिक घराना अंशुभराले मुख्य प्रायोजनको रुपमा १ वर्षका लागि सम्झौता गरिसकेको छ । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासलसँगै सविन मेमोरियल फुटसल टिमले उक्त लिगमा सहभागिता जनाउँदैछ ।

देशभरबाट कुल १० टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख र उपविजेता टिमले ५ लाख प्राप्त अखिल नेपाल फुटबल संघ एन्फा’ ले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.