www.tandavnews.com
Fact ~ In search of truth

दसैंः राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने

ताण्डव

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालकाअनुसार असोज ४ देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने भएको छ । दसैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको हो ।

‘क’ वर्गका बैंकहरुले समेत दसैंका लागि नयाँ नोट वितरण गर्ने गर्छन् । धेरै जसो बैंकहरु, केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेको नेपालले बताए । हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

Batas

विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.