www.tandavnews.com
Fact ~ In search of truth

पत्रकारद्धय अधिकारी र घिमिरेमाथि भएको हातपातको घटनाप्रति महासंघको भत्र्सना, दोषीलाई कारबाहीको माग

ताण्डव
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार रञ्जन अधिकारी र पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि आइतबार भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघ सदस्य माधव बरालद्धारा जारी गरिएको विज्ञप्तीमा, ‘जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगीकाण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ ।’

विज्ञप्तीमा भनिएको छ, ‘अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ ।

Batas

जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरी कै कार्यालय अगाडि पत्रकारमाथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छोड्नुले सुरक्षा व्यवस्थामा पनि प्रश्न उब्जिएको छ । पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघ ध्यानाकर्षण गराउँदछ ।’

पत्रकारद्धय रञ्जन अधिकारी र प्रल्हादचन्द्र घिमिरे नेपाल पत्रकार महासंघ कास्कीका सदस्यसमेत हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.