www.tandavnews.com
Fact ~ In search of truth

बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

कावासोती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज बिहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृत्यु हुनेमा २ महिला र १ पुरुष छन् ।

Batas

बसमा चालकसहित २६ जना सवार रहेको बताइएको छ । तीमध्ये ३ जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.