www.tandavnews.com
Fact ~ In search of truth

मृगौला पीडितलाई आर्थिक सहयोग

तनहुँ

तनहुँ समाज हङकङले दुवै मृगौला खराब भएका २ युवकलाई रु ४ लाख ५६ हजार सहयोग गरेको छ ।

समाजले ऋषिङ गाउँपालिका–८ पल्ट्याङका ३६ वर्षीय खिमबहादुर नेपाली र सोही ठाउँका ४१ वर्षीय लुमबहादुर रिलामीलाई आर्थिक सहयोग गरेको हो । समाजले नेपालीलाई रु २ लाख ७४ हजार र रिलामीलाई रु १ लाख ८२ हजार हस्तान्तरण गरेको छ ।

Batas

नेपाली १० महिनादेखि तथा रिलामी ५ वर्षदेखि मृगौलाबाट पीडित थिए । नेपालीको पोखरा र रिलामीको दमौली अस्पतालमा उपचार भइरहेको तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले जानकारी दिए । दुवै पीडितलाई भेटेर उक्त रकम हस्तान्तरण गरिएको हो ।

यस्तै नेपालीलाई साउदी अरबमा कार्यरत नेपालीले रु १ लाख संकलन गरी हस्तान्तरण गरिएको छ । मृगौला प्रत्यारोपण गर्न कम्तीमा रु १५ लाख खर्च हुने नेपालीकी श्रीमती चन्द्रा नेपालीले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.