www.tandavnews.com
Fact ~ In search of truth

गुडिरहेको बसमाथि ढुंगा खस्दा १८ वर्षीय अर्जुनको मृत्यु, ३ घाइते

बैतडी

जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुंगा खस्दा बसमा सवार १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक आज बिहान २ः३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यस्तै ढुंगा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका– ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

Batas

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले भने सञ्चालनमा आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.