www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा गण्डकीमा १ सय ४१ संक्रमित, १ को मृत्यु

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ६९ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ४१ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर १७, स्याङ्जा १२, बागलुङ ३, कास्की ९४, तनहुँ ५, गोरखा ६, पर्वत २ र म्याग्दी २ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २ सय १ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १४ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् । आज गण्डकी प्रदेशमा १ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा नवलपुर पूर्वका ६२ वर्षीय महिला रहेका छन् ।

Batas

त्यस्तै कास्कीमा हालसम्म कुल संक्रमितको संख्या ३४ हजार १ सय २ रहेको छ । निको हुनेको संख्या ३२ हजार ६ सय ५१, सक्रिय केस ८ सय ७८ र मृत्यु हुनेको संख्या ५ सय ७३ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.