www.tandavnews.com
Fact ~ In search of truth

ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं

बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका- ३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका ९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवाल र काठमाडौं महानगरपालिका १० बस्ने मोरङ केराबारी गाउँपालिका ६ घर भएका धिरज कुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साविक केरावारी गाबिस ६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०-१-१-० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०-७-२-० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्कविहिन भएका थिए ।

Batas

उनी सम्पर्कविहिन भएपश्चात मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको जग्गा पुनःबिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.