www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा हट्यो: स्वास्थ्य मापदण्ड अनिवार्य, क्लब/दोहोरी/डान्सबार राति १ः३० सम्म सञ्चालन गर्न सकिने

पोखरा/ताण्डव न्यूज

कास्की प्रशासनले यसअघि लागू गरेको निषेधाज्ञा हटाएको छ । कोभिड १९ संक्रमणको चेनब्रेक गर्न विभिन्न क्षेत्रमा लागू गरीएको निषेध आदेशलाई प्रशासनले हटाएको छ ।

आज एक सूचना जारी गर्दै कास्की प्रशासनले संक्रमणको अवस्था नियन्त्रणमा रहेपनि दैनिक क्रियाकलापहरु सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरेको छ । प्रशासनले विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने जनाएको छ ।

Batas

होटल तथा रेष्टूरेण्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई बेलुकी ११ ३० सम्म सञ्चालन गर्न सकिने छ । यस्तै, नाचघर, क्लब,डान्सबार, दोहोरी जस्ता रात्रीकालिन व्यवसायहरु मापदण्ड पालना गरि राति १ः३० सम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.