www.tandavnews.com
Fact ~ In search of truth

प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट कास्कीका दुई पत्रकार पुरस्कृत हुदैँ

पोखरा ।

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । जसमा कास्कीबाट २ पत्रकार पुरस्कृत हुने भएका छन् ।

काउन्सिलद्धारा जारी विज्ञप्ति अनुसार प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पुरस्कारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतिक’ पुरस्कृत हुदैछन् । वरिष्ठ पत्रकार खनाल विगत ४ दशकअघिदेखि पत्रकारितामा क्रियाशिल छन् । वरिष्ठ पत्रकार खनाल सन् १९९८ देखि पोखरा हटलाइन दैनिकको प्रधानसम्पादक रहँदै आएका छन् । विभिन्न पत्रपत्रिकाबाट पत्रकारिताको अनुभव संगालेका खनालले पेशागत आन्दोलनमा समेत सक्रिय योगदान पुर्याएका छन् ।

Batas

प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको हो । यस पुरस्कारको राशी रु. एक लाख दस हजार छ ।

यस्तै कास्कीकै जमुना वर्षा शर्मालाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिदै छ । शर्मा पनि विगत लामो समयदेखि कास्कीमै रहेर पत्रकारितामा सक्रिय छिन् ।

काउन्सिलले यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित रू. एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हेर्नुहोस् ! पुरस्कृत हुने व्यक्ति र सञ्चार माध्यम

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.