www.tandavnews.com
Fact ~ In search of truth

फेवा किनारमै बेचिन्छन् तराईका माछा ! विरोधमा जलारी समुदाय तर ठगिन्छन् उपभोक्ता

पोखरा/ताण्डव न्यूज

तराईबाट पोखरा पामेमा माछा ल्याएर बेच्ने गरेको भन्दै जलारी समुदायले विरोध जनाएका छन् । विशेष जलारीको पेशा व्यवसायीलाई धरापमा पर्दै फेवातालको माछा भनेर ठगी गर्दै बेच्ने गरेको आरोप लागेको हो ।

बिहीबार (आज) बिहान जलारी समुदायले वीरगञ्ज र जनकपुरबाट लेकसाईड हुँदै पामेमा माछा ल्याएको सवारी रोकेका थिए ।

Batas

तराईबाट ल्याएको माछा पामे क्षेत्रमा रहेको पोखरा माछा पसल, मञ्जु माछा पसल, खपौदी माछा पसल र बुद्धि जलारीले संचालन गरेको नयाँ माछा पसल लगायतका पसलमा झारिएको हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्रबहादुर जलारीले ताण्डव न्यूजसँग बताए । उनका अनुसार दुई वटा गाडीमा गरि २ सय केजी माछा तराईबाट ल्याइएको छ ।

जलारी समुदायका सय बढी स्थानीयले विरोध गर्दा समेत प्रहरीकै सहयोगमा माछा ल्याइएको अध्यक्ष जलारीले गुनासो गरे । ‘हाम्रो पेशा व्यवसायमा असर पुग्ने गरी गलत काम भएको छ,’ उनले भने, ‘त्यति मात्र होइन खहरे, पामे हँुदै घुम्न आउने पर्यटकलाई फेवाको ताजा माछा भन्दै तराईको माछा खुवाएर ठगी धन्दा चलाइएको छ ।’

माछा ल्याएका पसलले अन्यत्रबाट माछा ल्याएर बेच्न पाउनुपर्ने तर्क राखे ।

वडा प्रहरी कार्यालय बैदामकी डिएसपी चिनिमाया तामाङले प्रशासनको आदेश अनुसार प्रहरी खटिएको बताइन् । ‘हामी प्रशासनको आदेश अनुसार पुगेका हौँ । विरोध भइरहेको थाहा भएपछि केही घटना हुन्छ कि भनेर सुरक्षाको लागि खटिएको हो, अरु कुरा त थाहा भएन’ डिएसपी तामाङले भनिन् ।

त्यसो त नेपालको संविधानको भाग–३ अनुसार मौलिक हकको धारा १७ को उपधारा २ (च) मा ‘नेपालको कुनैपनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता’ भएको उल्लेख गरिएको छ ।

यसर्थ तराईको माछा पोखरामा रोकतोक गर्न मिल्दैन । तर यसको प्रत्यक्ष असर भने उपभोक्तालाई पर्ने गरेको छ । लेकसाइड क्षेत्रका रेष्टुरेन्टमा ‘फेवातालको माछा’ भन्दै उपभोक्ताले तराईका माछालाई महंगो मूल्य तिरिरहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.