www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस् क्यासलः बन्द प्रशिक्षणबाट १७ खेलाडी छनौट

क्यासलः राउण्ड रोविनमा ९ खेल खेल्नेछ

ताण्डव न्यूज ।

नेशनल फुटसल लिगका लागि घरेलु टोली स्पोर्टस् क्यासलले खेलाडीको अन्तिम नाम सार्वजनिक गरेको छ । ३ महिनाको बन्द प्रशिक्षणबाट अन्तिम १७ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यासलका टिम म्यानेजर ओम गुरुङका अनुसार क्षितिज गुरुङको कप्तानीमा छनौट भएको सो टिममा पूर्व राष्ट्रिय फुटसल टिमका कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ र सरोज गुरुङ रहेका छन् ।

Batas

यसैगरी भिषण गुरुङ, योगेश गुरुङ, खिम गुरुङ, उज्वल शाही, अनिश तामाङ, किशोर गुरङ, दिपेश घले, अन्जन देवकोटा, फोनस कार्की, रोशन छन्त्याल, सुमित श्रेष्ठ, विश्वास पौडेल र सुदिप सुनार छनौट भएका छन् । उनीहरुलाई मुख्य प्रशिक्षकका रुपमा विष्णु गुरुङ र सहायक प्रशिक्षकका रुपमा अर्विन गुरुङले प्रशिक्षण दिएका थिए । उक्त टोलीमा फिजिसियन नितेश बराल रहेका छन् ।

टिम म्यानेजर गुरुङले १७ जना छनौट भए पनि लिगको कुनै एक खेलमा प्रतिस्थापन गर्दै १४ जना खेलाडी खेल्ने बताए । उनका अनुसार बन्द प्रशिक्षणमा २५ बढी खेलाडीहरु रहेका थिए । ‘सिनियरसँग कम्बिनेसन मिल्यो भने लिग जितिन्छ,’ म्यानेजर गुरुङ टिम व्यवस्थापक ओम गुरुङले पहिलोपटक आयोजना हुन लागेको लिगको उपाधि जित्नको लागि सबै पक्षबाट तैयार रहेको बताए ।

उनले उपाधि जित्नका लागि टोलीमा रहेको सिनियरसँग (कम्बिनेसन) तादम्यता मिल्नुपर्ने बताए । ‘उपाधि जित्नको लागि एकमै आतुर छौ किनभने हामीसँग ३ वटा राष्ट्रिय खेलाडी छन् । त्यसमाथि इमर्जिङ प्लेयरहरु पनि छन्, उनले भने, ‘जे होस् सिनियरसँग कम्बिनेसन मिल्यो भने जित्न सकिन्छ । म उपाधि जित्नेमा विश्वस्त छु ।’

उनले आउँदो २ गते पहिलो खेल रहेको बताउँदै प्रभातफेरी युवा क्लबसँग प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो पहिलो खेल प्रभातफेरीसँग छ, त्यो गेमबाट पनि हाम्रो टोलीको परिक्षण हुन्छ, उनले भने, ट्रेनिङमा भाईहरुको धेरै नै प्रोग्रेस देखिएको छ । आशा छ हाम्रो ओपनिङ गेममा पनि त्यही क्वालिटीको गेमलाई निरन्तरता दिनेछन् ।’

गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने घरेलु टोली क्यासलको मुख्य प्रायोजकमा व्यपारिक घराना अंशुभरा रहेको छ । भने हस्पिटल पार्टनरमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टर र ईन्स्युरेन्स पार्टनरमा सगरमाथा ईन्स्युरेन्सले साथ दिएको छ ।

क्यासलः राउण्ड रोविनमा ९ खेल खेल्नेछ

क्यासलले पहिलो खेल असोज २ गते प्रभातफेरी युवा क्लबसँग साढे ४ बजे खेल्नेछ भने दोस्रो खेल शंखमुल फुटसलसँग ५ गते साढे १२ बजे खेल्नेछ । त्यसैगरी तेस्रो खेल ६ गते ढुकु फुटसल हबसँग ७ गते साढे २ बजे खेल्नेछ । चौथो खेल ९ गते लुम्बिनी फुटसल रुपन्देहीसँग साढे ४ बजे प्रतिस्पर्धा गर्नेछ । यसैगरी पाँचौ खेल ११ गते स्काई गोल्स काठमाडौंसँग साढे ४ बजे खेल्नेछ । छैटौ खेल झरना स्पोर्टस् क्लब रुपन्देही सँग १३ गते साढे २ बजे भिड्नेछ ।

सातौं खेलमा १५ गते घरेलु मैदानमा घरेलु टोली सविन मेमोरियसँग साढे १२ बजे प्रतिस्पर्धामा उत्रनेछ । आठौं खेल १६ गते फुटसल फाईभ धरानसँग साढे ४ बजे खेल्नेछ । र लिगको अन्तिम खेल १८ गते साढे १२ बजे द राईजिङ क्लब धरानसँग भिड्नेछ ।

अंक तालिका राउण्ड रोविनबाट ४ टिम (एलिमिनेटर) लिगकम अकआउटका लागि छनौट हुने एन्फाका फुटसल विभाग प्रमुख विनोद गुरुङले बताए । उनका अनुसार लिगको फाईनल खेल २२ गते हुनेछ । भने लिग विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । विधागत तर्फ उत्कृष्त हुने खेलाडीले जनही २५ हजारको हकदार बन्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.