www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः थप १ सय ३७ जनामा पोजेटिभ रिपोर्ट, ४ संक्रमितको मृत्यु

ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ३७ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ९, स्याङ्जा ९, बागलुङ १, कास्की १ सय ३, तनहुँ ७, पर्वत २ र लमजुङ ६ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २ सय ९२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १३ सय २१ जना होम आइसोलेसनमा रहेका छन् । आज गण्डकी प्रदेशमा ४ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाका क्रमशः ४१ वर्षीय पुरुष, ८१ वर्षीय पुरुष रहेका छन् । भने कास्कीका ९० वर्षीय महिला र बागलुङका ५३ वर्षीय पुरुष रहेका छन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.