www.tandavnews.com
Fact ~ In search of truth

परदेशीलाई होमसिक जस्तै, माधव कमरेडलाई एमालेसिक हुन्छः योगेश भट्टराई

प्रेस चौतारी नेपाल, कास्कीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

ताण्डव न्युज
प्रेस चौतारी नेपाल, कास्कीद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गर्दा मन्त्री योगेश भट्टराईले अब माधव नेपाललाई होमसिक हुने र धेरैको मनमा नेकपा एमालेनै रहेको धारणा राखेका हुन् ।

सम्मेलनमा बोल्दै भट्टराईले, पार्टीको संशोधनीय फाटमा पार्टी विभाजन पछि नेकपालाई ५ प्रतिशतमात्र क्षति भएको बताए । उनले भने, ‘ हामीले पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरुको प्रयत्नले गर्दा क्षति कम गर्न हामीले सकेका हौं ।’

Batas

सम्मेलनमा भट्टराईले तनहुँको प्रसंग निकाल्दै भने, ‘ माधवजीले आगामी दिनमा अब सपना देख्नु हुन्छ । सपनामा एमालेसँगै बसेको, सँगै खाएको, सँगै हिँडेको, यो एमाले भन्ने कुरालाई मजाले काखमा राखेको र मनोरञ्जन गरेको नै देख्नु हुन्छ ।’ उनी थप्छन्, ‘परदेश गएकालाई हाेमसिक हुन्छ । यसको मतलब अब माधव नेपाललाई होमसिक हुन्छ, होमसिक भएपछि मान्छे घर फर्किन्छ । अब नेपाल र उहाँका तमाम साथीहरुले दिनदिनै सपनामा त्यही देख्नु हुन्छ ।’

सम्मेलनमा भट्टराईले ‘एस’ का साथीहरुलाई नेकपामा फर्किनु बाहेक अरु विकल्प नरहेको बताउँदै उनीहरुलाई फर्कन अपिल र विश्वास गरेका छन् । उनले भने, ‘ विभाजनको असफल प्रयत्नतिर नजाउँ । त्यसले कुनै निकास दिँदैन । विचार र संगठनको हिसाबले पनि त्यो बन्दैन सक्दैन । यसले कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक त्यसको अरु कुनै काम हुने छैन ।’

प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजाराम पौडेलले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.