www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सेतो पुतलीको प्रभाव, सावधानी अपनाउन विज्ञको अनुरोध

ताण्डव न्युज

पोखरामा सेतो पुतलीका कारण लाग्ने सापू रोग प्रभावित सबभन्दा धेरै देखिएको भन्दै सावधानी अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अस्पताल विकास निर्देशक डा. रामबहादुर केसीले सेतो पुतलीका कारण लाग्ने साँपु रोगले बालबालिकाहरु बढी प्रभावित भएको बताए । ताण्डवसँग कुराकानी गर्दै डा. केसीले पोखरामा यसको संक्रमण थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।

Batas

उनका अनुसार पोखरामा मात्र नभई, प्रदेश १ को झापा र लुम्बिनी प्रदेशको बुटवलमा सेतो पुतलीको प्रभाव देखिएको छ । ‘अन्य प्रदेशहरुमा पनि यस्तो पुतली फैलिएको देखिएको छ तर सबैभन्दा धेरै पोखरामै छ,’ उनले भने ‘खासगरी बालबालिकाहरुलाई पुतलीसँगको संसर्गबाट जोगाउनुपर्ने देखिन्छ ।’
सेतो बत्ती बालेको ठाउँमा बढी झुम्मीने भएकाले साँझमा सकेसम्म सेतो बत्ती नबाल्न, झ्याल ढोकामा जाली राखेर पुतलीको संक्रमणबाट बच्न डा. केसीको सुझाव छ । साथै संक्रमण भईहालेमा नजिकको स्वास्थ्य संस्था वा हिमालयन आँखा अस्पतालमा उपचारका लागि तत्काल पुग्न उनले अनुरोध गरे ।

यस किसिमको पुतलीको संक्रमणबाट आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षणसापू भएकाहरूमा देखिने भएकाले सावधानी अपनाउन आँखारोग विशेषज्ञ डा. रञ्जु खरेलले ताण्डवमार्फत अनुरोध गरिन् । नेपालमा सेतो पुतलीका कारण पीडित हुनेमा बालबालिकाको संख्या धेरै भएकाले डा. खरेलले विशेष सतर्कता अपनाउन अभिभावकलाई आग्रह गरिन् ।

यता पोखराको घारिपाटनस्थित हिमालयन आँखा अस्पतालमा पनि पछिल्लो समय साँपुका बिरामीहरु बढेको अस्पतालले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.