www.tandavnews.com
Fact ~ In search of truth

चीनबाट ल्याईएको थप ४४ लाख मात्रा खोप असोज ४ गतेबाट लगाईने

ताण्डव न्युज
थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप लिएर नेपाल वायुसेवा निगमको जहाज आज काठमाडौँ आउँदैछ । निगमको जहाज गएराति ११ बजे बेइजिङ गएको र आज दिउँसो २ बजे काठमाडौँ आउने महाप्रबन्धक डीमप्रकाश पौडलले जानकारी दिए ।

यो खोप यही असोज ४ गतेदेखि लगाउने तयारी सरकारको छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या भने १ करोड १५ लाख नाघेको छ । हालसम्म नेपालमा ६० लाख ५७ हजार १ सय ९४ जनाले पहिलो मात्रा लगाएका छन् भने ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्णमात्र लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण दर घटे पनि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको हो । गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ८९ जना स्वस्थ भएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.