www.tandavnews.com
Fact ~ In search of truth

बनेन सडक, मनाङका स्याउ किसान चिन्तित

ताण्डव

बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि मनाङमा उत्पादित स्याउले बजार पाउन सकेको छैन भने किसानहरू चिन्तित बनेका छन् ।

मनाङको ब्राताङ, दाना क्यू, तिमाङ लगायतका क्षेत्रमा उत्पादन भएका स्याउ बारीमा कुहिने भएपछि किसानहरू चिन्तित बनेका हुन् । यस वर्ष सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा मनाङको स्याउ बजार पुर्याउन समस्या भएको मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

Batas

बाढीपहिरोका कारण गत जेठ १५ गतेदेखि नै मनाङ जाने बेशीसहर–चामे सडकखण्ड अवरुद्ध छ भने असार १ गतेबाट माथिल्लो मनाङ जाने सडकसमेत अवरुद्ध छ । अवरुद्ध सबै सडक असोज महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम गर्न ठेकेदारलाई निर्देशन दिइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । दसैँ अगावै सडक सञ्चालनमा आए स्याउ बजारसम्म पुर्याउन सकिने मनाङका किसानको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.