www.tandavnews.com
Fact ~ In search of truth

दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यकः मामिलामन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबारै छलफल भएको पनि बताए ।

अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको उनको भनाइ थियो । उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको बताए । साथै उनले एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न नहुने बताए ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.