www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

शुक्रबार एकैदिन सुनको मूल्य १४ सयले ओरालो लागेको छ । बिहिबार ९० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा १ हजार ४ सयले कमी आई ८९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताभरमा सुनको मूल्य १ हजार ६ सयले कमी आएको छ । यस्तै आजै चाँदीको मूल्यमा पनि कमी आएको छ । बिहिबार १ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज तोलामा ३० रुपैयाँले कमी आएकोे हो । शुक्रबार चाँदी तोलामा १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको मूल्य ओरालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १७ सय ६५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.