www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन गरी १२ हजार ३ सय ८५ जनाको नमुना परीक्षण गरेकोमा १ हजार ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १२ दशमलव ५७ प्रतिशतमा संक्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । यही अवधिमा थप १० जना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ ।

अहिले नेपालमा २५ हजार ४ सय ९७ जना सक्रिय संक्रमित रहेकोमा ३ सय ८६ जनाको आईसीयू र १ सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.