www.tandavnews.com
Fact ~ In search of truth

गुप्तेश्वर महादेव गुफा खुल्ला

पाेखरा ।
पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ ।

कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार शुक्रबारदेखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले जानकारी दिए ।

विसं २०७८ को सुरुआतमा नै ल्याउने तयारी गरिएको बारकोड स्क्यानर गेट बन्दाबन्दीका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए । (रासस)
–––

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.