www.tandavnews.com
Fact ~ In search of truth

‘महानगर यहि गतिमा गयो भने, एउटा पनि योजना कार्यान्वयन नहुन सक्छ’

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले महानगर यहि गतिमा गए एउटा योजना पनि कार्यान्वयन नहुने बताएका छन् । कुनैपनि योजनाहरुको सम्झौता हुन नसकेको उल्लेख गर्दै उनले सरोकारवालाहरुले नै महानगरको भविष्यमाथी खेलवाड गरेको जनाए ।

वडाध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘२ महिना २० दिन देखि महानगरको बजेट होली डे मा । आजको दिनसम्म कुनै योजनाहरु सम्झौता भएको छैन, खाता सञ्चालन गरिएको छैन, नगर सभाको निर्णय प्रमाणित गरिएको छैन, पटक पटक प्रयास गर्यौ । प्रमुख सरोकारवालाकै कारण नगरको कार्य सञ्चालन हुन नसक्दा आज लाखौँ जनता र महानगरको भविष्य माथी खेलवाड भइरहेको छ ।’

Batas

संक्रमण कालको लाभ उठाउँदै केही व्यापारीको फाइदा हेर्दा महानगरले राजस्व समेत गुमाउन परेको उनको भनाई छ । अहिलेकै अवस्थामा महानगर अघि बढे यस वर्ष एउटा पनि योजना कार्यान्वयन हुन नसक्ने वडाध्यक्ष लामाले बताए ।

उनी भन्छन्, ‘संक्रमण कालको लाभ उठाउदैँ केहि व्यापारीलाई लाभ होस् भन्ने मनसायले रामघाट जहाँ वार्षिक ८ करोड राजश्व संकलन हुन्छ त्यसको टेण्डर अव्हान गरिएको छैन । गरिबहरुकालागी खरको छानो विस्थापित कार्यक्रमको २ करोड काम नगरि फिर्ता भएको छ । यस्तो विषयमा कुरा उठाउदा साथीहरु मेरै टिप्पणी गर्छन् । गर, मलाई कुनै प्रवाह छैन । यहि गतिमा गयौ भने यस वर्ष एक पनि योजना कार्यनवयन नहुन सक्छ । यस्तो हुन नदिन मेरो प्रयास रहिरहने छ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.