www.tandavnews.com
Fact ~ In search of truth

युवा बौद्ध संघको ‘स्मारिका विमोचन’

धर्मशीला बुद्ध विहारको निर्माणकार्य तिव्र

ताण्डव न्युज

पोखरामा युवा बौद्ध संघले रजत जयन्तीको अवसरमा स्मारिका विमोचन गरेको छ । एक समारोहका बिच आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले विमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खड्काले आफ्नो जीवनकालमा धर्मशीला बौद्ध विहारले आयोजना गरेको हाजिरीजवाफबाट पुरस्कृत भएको स्मरण गरे । उनले विगतदेखि नै धर्मशीलासँगको सम्बन्ध प्रगाढ रहेको बताउँदै बौद्धमार्गीहरु शिष्ट रहने धारणा राखे । उनले भगवान गौतम बुद्धको मार्ग दर्शनले व्यक्तिलाई असल बनाउन मद्दत गर्ने उल्लेख गरे । उनले नेपाल धर्मनिरपेक्ष राज्य भएको बताउँदै सबै धर्मको अस्तित्व समान हुनुपर्ने बताएका थिए ।

Batas

यसैगरी पोखरा महानगरपालिका वडा ३ का वडा अध्यक्ष रविन्द्र प्रजुले बौद्धमार्गीहरु एउटै सुत्रमा बाँधिनुपर्ने धारणा राखेका थिए । सो कार्यक्रममा प्रजुसँगै आनन्दराज मुल्मी, संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्यलगायतले बोलेका थिए । सुदिप प्रधानांगको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कमला थापाले गरेकी थिइन् ।

धर्मशीलाबुद्ध विहारको निर्माण कार्य तिव्र

नदीपुर ३ मा धर्मशीला बुद्ध विहारको निर्माण कार्य तिव्र पारिएको छ । कोरोना भाईरसको महामारीले प्रभाव पारेता पनि पछिल्लो समय निर्माणको कार्य तिव्र पारिएको भवन निर्माण समितिको संयोजक भरतराज शाक्यले बताए । उनका अनुसार उक्त भवन निर्माणको कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । ‘अहिले फिनिसिङको काम बाहेक अरु निर्माणको काम भैरहेको छ, उनले भने, ‘करिब ६ करोड लागतमा बन्ने हो । यो ४ तलाको बन्नेछ । यसमा सबै नीजि लगानी नै छ । पैसा उठाउदै काम गर्दै छौ ।’

उनले उक्त भवन निर्माणको लागि कुनै पनि सरकारी निकायबाट सहयोग नआएको बताए । ‘बनिसकेको भवनलाई पैसा दिँदैनौ भन्नुभो, अहिले नयाँ आवास गृहको नक्शा आइसकेको छ, शाक्यले भने, ‘त्यसको लागि त महानगरपालिका, प्रदेश सरकारबाट पनि बोलिसक्नुभाछ । त्यो पनि ४ तले नै बन्ने हो ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.