www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ मा ‘एमाले’ अगुवा कार्यकर्ता भेला सम्पन्न

ताण्डव न्युज

‘नेकपा एमाले’ वडा कमिटी पोखरा २१ को अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ ।

भेलामा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेकपा एमालेमा पछिल्लो क्रम विवाद भएपनि पार्टी बलियोनै रहेको बताइन् । सांसद भट्टराईले अघिल्लो चुनावमा जसरी यसपटक पनि एमालेलाई जनताले विश्वास गरेर जिताउने दाबी गरिन् ।

Batas

भेलामा नेकपा एमाले कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद कृष्ण थापा, जिल्ला सचिवालय सदस्य युवराज पौडेल, जिसस र वडा २१ का वडा इन्चार्ज कमल मोहन पौडेल, जिसस र वडा २१ का सहइन्चार्ज हिरा गिरी र जिल्ला निर्वाचन कमिटी सचिव झपटबहादुर रानाभाटले मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको भेला कार्यक्रमको संचालन सचिव राजेन्द्र थापाले र वडा कमिटी उपाध्यक्ष  दिपक सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.