www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

पर्वत ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आफ्नो १७ औँ साधारण सभाको अवसर पारेर तीन जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

सदरमुकाम कुश्मा बजारमा शनिवार भएको सधारण सभामा पत्रकार संजय रेग्मी, लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ र उद्योग वाणिज्य संघ पर्वतका अध्धयक्ष गोपी अधिकारीलाई सम्मान गरिएको हो। प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालका अनुसार पत्रकार रेग्मीले नेपाली लोकदोहोरीको क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान दिँदै आएका कारण सम्मान गरिएको हो।

Batas

यस्तै श्रेष्ठ प्रतिष्ठान पर्वतको संस्थापक अध्यक्ष रहेको तथा दोहोरीका माध्यमबाट पर्वतको साख जोगाउन बर्षौँदेखि खटिरहेको तथा अधिकारीलाई उद्योग वाणिज्य संघले आयोजना गर्ने पर्वत महोत्सवमा कलाकारहरुलाई ध्यान दिएको तथा नीजि क्षेत्रले आयोजना कार्यक्रम आयोजना गरेर उदीयमान कलाकारहरुलाई अवसर दिएका कारण सम्मान गरिएको हो।

सोही अवसर पारेर लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा भएको दोहोरी गित प्रतियोगितामा पर्वतबाट बिजेता भई प्रदेशमा प्रतिस्पर्धा गर्न पुगेका कलाकारद्धय बिष्णु तिवारी र करुणा धमाललाई पनि सम्मान गरिएको थियो।

सबै जनालाई लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपालका केन्द्रिय अध्यक्ष रमेश बि.जी ले सम्मान दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्। त्यस अवसरमा बोल्दै अध्यक्ष बि.जी ले कोरोना महामारीका कारण धेरै कलाकारहरुको अवस्था दयनीय बनेको बताउँदै प्रतिष्ठानले समस्यामा परेका कलाकाहरुलाई सकेसम्मको सहयोग गर्दै आएको बताए। लोक संगीतको क्षेत्रमा केही कामहरु गर्नको लागि योजना निर्माण गरिएको भए पनि कोरोना कहरकै कारण ती योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताउँदै उनले अब कोारोनाको अर्को प्रहार नभए तयार पारेका योजनालाई कार्यान्वयन गरिने बताए।

अर्को प्रसंगमा बोल्दै उनले नेपाली लोक गीत पुर्खाले दिएको मौलिक सम्पत्ति भएकाले यसलाई बिगारेर तथा मौलिकता माथि प्रहार गरेर बिगार्ने अधिकार कसैलाई पनि नभएको बताए। क्षमता पहिचान गरेर मात्र लोकसंगितमा छिर्ने हो भने सफलता प्राप्त गर्न सकिने बताउँदै उनले नभएको क्षमतामा जबरजस्ती कलाकार बन्न खोज्ने हो भने त्यस्ता व्यक्ति लोकसंगीतमा टिक्न नसक्ने बि.जी को भनाई छ।

कार्यक्रममा बोल्दै प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले प्रतिष्ठान पर्वतले सके आफ्नै कोषबाट नभएमा पनि प्रदेश र केन्द्रिय समितिलाई अनुरोध गरेर समस्यामा परेका कलाकारहरुलाई सक्दो आर्थिक सहयोग गर्दै आएको बताए। आफूले दोस्रो पटकको आफ्नो कार्यकाललाई सकेसम्म चलायमान बनाउने गरी बिविभन्न कामहरु गरिरहेको बताउँदै उनले योजनाका रुपमा राखिएका धेरै कामहरु कोरोना कहरका कारण कार्यन्वयन गर्न नसकिएको उल्लेख गरे। वर्तमान कार्यसमिति सकेसम्मको सक्रिय बन्दै प्रतिष्ठानलाई चलायमान रहेको अवस्थामा नै अर्को अधिबेसनबाट कार्यसमितिमा आउने साथीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्ने गदालको भनाई छ।

कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, केन्द्रिय सदस्य शंकर बिरही गुरुङ, सम्मान दिइएका पत्रकार रेग्मी, उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी, लोकदोहोरी गायक श्रेष्ठले आफ्ना भनाई राखेका थिए।

सधारण सभाकै अवसर पारेर प्रतिष्ठान पर्वतका निवर्तमान सचिव सुवास पौडेललाई आर्थिक सहयोग समेत गरिएको थियो। रुखबाट लडेर गम्भीर घाइते भई लामो समय अस्पताल बसेर फर्किएका पौडेलको आत्मबल बढाउनको लागि प्रतिष्ठानको तर्फबाट सहयोग गरिएको हो। कार्यक्रममा प्रतिष्ठान पर्वतकी संस्थापक सदस्य मोदी गाउँपालिका–५ की फूलमाया थापाको गत भदौ १७ गते राती आएको पहिरोमा परी भएको दुःखद निधनप्रति शोक व्यक्त गरिएको थियो।

यसअघि भदौ १९ गतेका लागि साधारण सभाको समय राखिएको भए पनि फूलमाया सहित जिल्लाका ११ जनाको एकै रातमा मृत्यू हुँदा जिल्लाबासी नै शोकमा रहेको अवस्थामा कार्यक्रम गर्न नसकिने भएकाले असोज दुई गतेका लागि कार्यक्रम सारिएको थियो।

प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पशुपति कार्की (पूजा) ले स्वागत मन्तब्य राखेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव सन्तोष सुवेदीले गरेका थिए।

प्रतिष्ठानले साधारण सभाकै दिन बुधबार पर्वत र कास्की जिल्लाको सिमानामा आफ्नो तर्फबाट होडिङ बोर्ड समेत स्थापना गरेका छ। देशका बिभिन्न ठाउँबाट साबिकको धौलागिरीका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने एक मात्र नाका नयाँपुलमा धौलागिरीमा भित्रिएका पर्यटक सहितका यात्रुहरुको स्वागतार्थ बोर्ड राखिएको प्रतिष्ठानका सचिव सुवेदीले बताए।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.