www.tandavnews.com
Fact ~ In search of truth

कार्टुनिस्ट रविन सायमीले पदक नलिने

कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।

उनले सामाजिक सन्जालमार्फ्त सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

साथै उनले, ‘प्रजातान्त्रिक सरकार पनि अझै पदक दिने मामलामा ‘गोरखादक्षिणबाहुु प्रवृत्तिबाट मुक्त हुन नसकेकैले ग्रहण नगर्ने निर्णय गरें ।’ लेखेका छन् ।

Batas

त्यस्तै, इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले सामाजिक सन्जालमार्फत पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.