www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु गण्डकी प्रदेश संयोजकमा प्रकाश पौडेल

पोखरा ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् । शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो ।

अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसँगै पौडेलले ‘बिपत्तिमा सेवा अनि विभेदमा बिद्रोह’को जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन् । उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय हुने बताए ।

Batas

१२ बर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष हुदै जिल्ला कमिटीमा प्रवेश गरेका उनले विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका थिए ।

अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपद् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्वबियु विद्यार्थी माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । तराईमा हावाहुरीका कारण बस्ती उडाउँदा भोलिपल्ट नै पौडेल आफ्नो नेतृत्वको टिमसहित तराई पुगेर उद्धारमा खटिएका थिए ।

उमेरको हद चर्किरहने अनेरास्ववियुमा पौडेल कम उमेरका प्रभावशाली नेता हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.