www.tandavnews.com
Fact ~ In search of truth

विष्णु माझीदेखि अनमोल, चाम्स, मैथिली कलाकार रञ्जु झासम्मलाई सरकारको पदक

ताण्डव

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेकी छिन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् । दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलंकार र पदकद्धारा विभूषित गरेकी छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । संगीतकार शम्भुजित बाँस्कोटालाई किर्तिमय राष्ट्रदीप पदक प्रदान गरिएको छ ।

Batas

यस्तै, प्रबल जनसेवाश्री पदक कलाकारहरु रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त वुढाथोकी, नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायकहरु चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, लोकगायिका विष्णु माझी, संगीतकार कस्तुप पन्तलाई प्रदान गरिएको छ ।

जनसेवाश्री पदकबाट भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कलाकार केकी अधिकारी, अनमोल केसी, निर्देशक मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर, नृत्यांगना तेरिया मगर, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा, गायिका राधिका हमाललाई प्रदान गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.