www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसको अवसरमा स्काउटद्धारा रक्तदान

ताण्डव

सातौं संविधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवस २०२१ को अवसरमा नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनमा र रोट्र्रयाक्ट डिस्ट्रिक ३२९२ जोन १६ र युथ भोलेन्टियर फर चेञ्जको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आतिथि नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव हेरम्ब कोइरालाले रगतको अभावको बेला आयोजना गरिएको कार्यक्रमको उच्च प्रशंसा गरे । त्यस्तै नेपाल स्काउट पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुलीले देशमा नयाँ परिवर्तनका लागि युवा शक्तिको महत्वपूर्ण योगदान रहने बताए ।

Batas

कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेशका सल्लाहकार शारदा पराजुली, नेपाल स्काउट कास्कीका पूर्व जिल्ला संगठन आयुक्त भीम थापा, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल र युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्ल, रोट्¥याक्ट डिस्ट्रिक ३२९२ जोन १६ का प्रमुख प्रविण गौतमलगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाल स्काउट गण्डकी प्रदेशको संयोजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल स्काउट गण्डकी प्रदेशका अधिकृत विजय पौडेलले गरेका थिए । नेपाल स्काउटले देशका सातै प्रदेशमा संविधान दिवसका अवसरमा एकसाथ देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको प्रदेश अधिकृत पौडेलले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.