www.tandavnews.com
Fact ~ In search of truth

सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १ सय तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६ सय ५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६ सय ५० मा कारोबार भएको थियो ।

Batas

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १ हजार १ सय ५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु १ हजार १ सय ७० थियो । महासंघले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ । गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.