www.tandavnews.com
Fact ~ In search of truth

सबै झेलेर संविधान जारी गरियो, मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍योः पूर्वप्रम ओली

काठमाडाैं

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य अरुले खुट्टा कमाएका बेला, अरु लक्पकाएका बेला नेकपा एमाले अत्यन्तै दृढताका साथ अगाडि बढेकाले संविधान बनेको बताएका छन् ।

संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘संविधान बनाउन नदिनका निम्ति, संविधान बनाउन नदिने शक्तिहरु र संविधान भंग गर्ने शक्तिहरु लिएर संविधान बनाउन अगुवाइहरुप्रति शारीरिक हमला गर्ने जस्ता प्रहार झेलेर नेकपा एमाले आएको थियो । तर संविधान जारी हुने बित्तिकै नाकाबन्दी सहनुपर्यो ।’ उनले भने, ‘त्यसको सफलतापूर्वक ढटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर, सम्झौता नगरेर संविधानको हामीले रक्षा गर्दै स्वाभिमानका साथ एमाले अघि बढ्यो ।’

Batas

ओलीले भने, ‘सबै झेलेर संविधान जारी गराइयो । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यो । जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो ।’ उनले भने, ‘संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.