www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ जिल्ला कारागारः संक्रामक रोगको जोखिममा कैदीबन्दी

लमजुङ

जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी कारागारको क्षमता भन्दा करिब ४ गुण बढी हुँदा संक्रात्मक रोगकोे जोखिम बढेको छ ।

बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ । कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने ८ कैदी महिला छन् । ३९ थुनुवा पुरुष छन् भने २ महिला छन् । १ कैदीबन्दी बराबर १ मिटर लम्बाइ र ४ मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

Batas

क्षमताभन्दा झण्डै ४ गुणा बढी संख्यामा कैदीबन्दी राखिएसँगै उनीहरुमा विभिन्न खालका सास्तीका साथै संक्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताए । बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.