www.tandavnews.com
Fact ~ In search of truth

‘वाइडबडी भ्रष्टाचारको छानविन किन हुदैँन ? कल्ले लुट्यो, कल्ले लुटेन हामी भन्दैनौँ ऐले’: अध्यक्ष नेपाल

जिवन सुवेदी
पोखरा,ताण्डव न्यूज ।

नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले केपि ओली नेतृत्वको सरकारका पालामा भएको वाइडबडी जहाज खरिद प्रकरणबारे छानविन हुनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा पोखरामा आईतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार भयो भनेर कुरा आईसकेपछि त्यसको छानविन हुनुपर्ने भनाई राखे । “यदि यसमा कसैको संलग्नता छैन भने छानविन गर्न किन अघि नबढेको” उनले भने “म सरकारसंग भन्न चाहन्छु प्रत्येक यस्ता भ्रष्टाचारको केसका बारेमा छानविन गर्ने काम गरोस् । देश र मुलुकलाई लुट्न पाईँदैन ।”

Batas

वाईड बडि खरिद गर्दा भएको भ्रष्टाचारको प्रमाण आफूससंग भएको भन्दै नेता नेपालले तर अहिले खुलासा नगर्ने बताए । “मैले आफै देखेको छु वाईडबडीमा एउटा भाउ दिएको छ, अनि पैसा त्यो भन्दा बढि दिएको छ, उनले भने “कल्ले लुट्यो कल्ले लुटेन हामी भन्दैनौँ अहिले” आफूहरुले भ्रष्टाचारको कुरा उठाउँदा पार्टी र सरकारमा सुनुवाई नभएको उनको दावी थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले छिटैनै आफ्नो पार्टी सरकारमा सामेल हुने बताए । संघ सरकार मात्र नभई लुम्बिनी प्रदेश प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने ।

गण्डकी प्रदेशमा भने आफूहरुलाई पहिलेदेखि नै भेदभाव गरिँदै आएकाले आफ्नो पक्षका सांसदहरु नभएको बताए । “गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,” अध्यक्ष नेपालले भने, ‘अहिले हामी पीडित पीडित एक भएका छौँ ।

नेता नेपालले एमाले अध्यक्ष ओलीलाई जनताले सजाय दिने बताए । संविधान विपरित ओलीले संसद विघटन गरेको प्रसंग उठाउँदै नेता नेपालले संसदको हत्या गर्नु सारा सांसदहरुको हत्या हुनुजस्तै भएको बताए । “जनताले चुनेर पठाएका प्रतिनधिहरुको अपमान गर्नु भनेको सांसदहरुको कत्लेआम र जनताको अपमान हो” उनले भने ”अपमान गर्नेहरुलाई जनताले सजाय दिन्छन् ।”

एकिृकत समाजबादी सभ्यता बोकेको पार्टी भएको दावी गर्दै नेता नेपालले कार्यकर्ताहरुलाई सभ्य र मर्यादित बन्न आग्रह समेत गरे । नेता नेपालले आईतबार नै पार्टीको गण्डकी प्रदेश कार्यालय, कास्की जिल्ला कार्यालय र पोखरा महानगरको कार्यालय समेत उद्घाटन गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.