www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीको आज अन्तिम शल्यक्रिया, अर्को हप्ता पोखरा आउने

ताण्डव न्युज

आज पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अन्तिम शल्यक्रिया हुँदैछ । मेयर जिसीको बाँसबारीस्थित न्यूरो हस्पिटलमा बिहान ९ बजेपछि कार्निओप्लाष्टी शल्यक्रिया हुन लागेको हो ।

मष्तिस्कघातका कारण २ महिनादेखि राजधानीमा उपचाररत मेयर जिसीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको निष्कर्षसहित चिकित्सकको टोलीले अन्तिम शल्यक्रियाको तयारी गरिएको जिसीका प्रेस संयोजक माधव बरालले ताण्डवलाई जानकारी दिए ।

Batas

कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो । मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गर्ने गरिन्छ । भित्री घाउ ठीक भएपछि सो हड्डी प्रत्यारोपण गरिन्छ । फिजियोथेरापी जारी राख्नुपर्ने भएपनि अन्य उपचार अब पूरा भएकोले मेयर जिसी अर्को हप्ता पोखरा आउने प्रेस संयोजक बरालले जानकारी दिएका छन् । गत साउन १ गतेदेखि बिरामी मेयर जिसीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.