www.tandavnews.com
Fact ~ In search of truth

बालकल्याण विद्यालयको पर्खाल भत्काउने क्रममा घाइते भएका रितेशको उपचारको क्रममा मृत्यु

ताण्डव

पोखरा महानगरपालिका १३- बाझपाटनस्थित सोमबार पर्खाल भत्काउने क्रममा घाइते भएका रितेश रामको उपचारको क्रममा मृत्यु भएको छ ।

बाझपाटन स्थित बालकल्याण माध्यमिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा पर्खालले च्यापदा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अन्दाजी २० वर्षका रितेशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Batas

मृतक रितेश राम भारत वेतिया जिल्ला बसन्तपुर घर भई हाल पोमपा- १३ मियाँपाटनमा बसोबास गर्थे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.