www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः थप २ सय ६२ संक्रमित, कास्कीमा मात्रै आज ५ जनाको मृत्यु

ताण्डव
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १५ सय ३६ जनामा गरिएको नमुना परीक्षणमा थप २ सय ६२ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर १६, स्याङ्जा ३९, बागलुङ २५, कास्की १ सय ३४, तनहुँ १०, गोरखा १७, लमजुङ ८, पर्वत १ र म्याग्दी १२ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

आज गण्डकी प्रदेशमा ६ जना संक्रमितको ज्यान गएको छ । आज कास्कीमात्रै ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ३ पुरूष र २ महिला रहेका छन् । त्यस्तै स्याङ्जाका १ जना महिलाको मृत्यु भएको छ ।

Batas

पोखरा महानगरपालिका नगर शिक्षा समितिले १० बुँदे सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूर्ण विद्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी असोज १ गते देखि विद्यालय सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर रहेको भन्दै जनस्वास्थ्यविद्ले पहिले नै जनाइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको थियो । निषेधाज्ञा खुकुलो र चाडबाड सुरु भएसँगै आउजाउ बढेकोले तेस्रो लहर नआउँला भन्न सकिँदैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.