www.tandavnews.com
Fact ~ In search of truth

महागठबन्धनको सरकारले एमसिसी पास गरे भैहाल्यो निः एमाले नेता बास्कोटा

ताण्डव

नेकपा एमालेका नेता एवं सूचना तथा सञ्चार मन्त्रालयका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसिसी पारित गर्ने/नगर्ने विषय सरकारकै हातमा रहेको बताएका छन् ।

मंगलबार पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बाँस्कोटाले झण्डै दुई तिहाईको सरकारले एमसिसीका बारेमा एमालेलाई सोध्नै नपर्ने बताए । ‘उहाँहरुको त १६५ सिट, झण्डै दुई तिहाई छैन त ? झण्डै दुई तिहाईले गरे भैगो नि त एमसिसी’ उनले भने । वैदेशिक सहयोगमा पुँजी र प्रविधि लिँदा, नेपालको सहयोगी देश संगको सम्बन्ध, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतासंग कुनै हालतमा गलत सम्झौता हुन नदिने उनले बताए ।

Batas

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डले पटकपटक एमसिसीलाई गिजोलेर मजाक बनाउने काम गरिरहेको आरोप बाँस्कोटाले लगाए । ‘एमसिसी उचालेको देउवा र प्रचण्डले हो’ । उनले भने ‘गिजोलेको प्रचण्डले हो, उहाँले हरेक चिजलाई चुक्ली गरेर वैदेशिक सम्बन्धको मजाक बनाउन पाईँदैन’ बास्कोटाले भने ।

कार्यक्रममा बोल्दै बाँस्कोटाले नेकपा एमालेबाटै अलग भएका माधव नेपालले एमाले सुन्दा नाक खुम्चिन्छ भन्नु असोभनीय भएको बताए । एमालेबाटै नेताको रुपमा जन्मेका नेपालले यहि पार्टीको नाम सुन्दा नाक खुम्चिन्छ भन्नु पाखण्डीपन भएको बताए । ‘एमाले भन्दा नाक खुम्चिन्छ रे ? हिजो सुने मैले, कहाँबाट जन्मे माधव नेपाल । माधव नेपालको जन्म कहाँबाट भएको ? अचम्म लाग्छ ।’ उनले भने । एमालेकै कारण माधव नेपालको परिचय बनेको भन्दै उनले बुवाआमालाई नचिन्नु भनेको आश्चर्य लाग्दो कुरा भएको उनको भनाई थियो । ‘बाउआमाबाट जन्मिने अनि बाउआमा नचिन्ने ? कस्तो प्रवृत्ति ? सुपुत्र कि कुपुत्र । तर हामीलाई केही पनि मतलब छैन,’ उनले भने ।

माधव नेपालको पछि लागेर जानेहरु सबै एमालेमै फर्किने उनले बताए । ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्कने बेलासम्म मात्र हो, त्यो पार्टी टिक्दैन’ उनले भने ‘त्यहाँ गएकाहरु पनि फर्केर आउँछन्, कि त काँग्रेसमा जानुपर्यो होइन भने फर्केर आउनुको विकल्प छैन’ उनले भने ।

अबको चुनावमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएकाले अरु पार्टीको अस्तित्व कम भएको बताए । वर्तमान महा गठबन्धन चुनावपछि पतन भएर जाने उनको भनाई छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.