www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा भारतमा थप २६ हजार संक्रमित, २ सय ५२ को मृत्यु

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट थप २६ हजार संक्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार १ सय १५ जना नयाँ संक्रमित थपिएका जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ३ करोड ३५ लाख ४ हजार ५ सय ३४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो १ दिनमा मृत्यु भएकाहरुको संख्या भने २ सय ५२ रहेको छ । योसँगै कुल मृतकको संख्या ४ लाख ४५ हजार ३ सय ८५ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ३ लाख ९ हजार ५ सय ७५ देखिएको छ । यो संख्या १ सय ८४ दिनपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Batas

पछिल्लो १ दिनमा ३४ हजार ४ सय ६९ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो ।

रासस/एएनआई

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.